काठमाडौँ,असोज ८ । यही असोज ११ गते दशरथ रंगशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ ।
कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टिम शुक्रबार राति काठमाडौं आएको हो । टोलीलाई एन्फा सदस्यद्वय रवीन्द्र चन्द र पुरुषोत्तम थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
नेपाली राष्ट्रिय टिमका पूर्वसदस्य, हाल क्यानडामा रहेका नरेश बुढाएर क्यानडाको नेशनल हाइपरफरमेन्स च्याम्पियनसिप २०२२ अन्तर्गत प्रेसिडेन्ट एघार टिममा समावेश भएका छन् ।
यस च्याम्पियनसिपमा क्यानडा सेलेक्ट, प्रेसिडेन्ट एघार र यु(२५ क्यानडा टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार