२०८२ बैशाख ११ गते बुधवार

साफ यू–१७ च्याम्पियनसिप ः उपाधिका लागि नेपालले आज भारतसँग खेल्ने

काठमाण्डौ ,भदौ २९ । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन् ।

कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथथ श्रीलंका पुगेको छ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको हो । यस्तै भारतले पहिलो सेमिफाइनलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।

फाइनलअघि मंगलबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपाल र भारत दुवैका प्रशिक्षकले फाइनल खेलका लागि तयार रहेको बताएका छन् ।

नेपालले समूह चरणमा भारतलाई ३–नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले नेपालले आफ्नो न्याचुरल गेम खेल्ने र टिम एकता राम्रो रहेको बताए ।

‘हाम्रो कप्तान फर्केका छन् । टिममा एकता राम्रो छ । कडा मिहिनेत गर्नेछौँ’ प्रशिक्षक उर्जनले भने, ‘फाइनल धेरै प्रतिस्पर्धात्मक हुनेछ ।’

श्रेष्ठले सेमिफाइनलमा नेपाल र भारत दुवैले राम्रो खेलेको बताए । ‘भारतले हिजो बंगलादेशसँग राम्रो खेल्यो । नेपालले पनि राम्रो खेलेको छ । हाम्रो कप्तान ब्याक भएका छन् ।’

भारतका प्रशिक्षक बिनियानो फर्नान्डेजले समूह चरण र फाइनल खेल फरक हुने बताए । साथै उनले बंगलादेशसँगको जितले मनोबल बढेको पनि बताए ।

‘बंगलादेशसँगको जितले टोलीको मनोबल बढेको छ,’ फर्नान्डेजले भने, ‘समूह चरण र फाइनल भेट फरक हुनेछ । हामी राम्रो खेल्दै नेपालमाथि फाइनलमा राख्दै आएको जितको यात्रालाई निरन्तरता दिन चाहन्छौँ ।’

समूह चरणमा नेपालले भारत र भुटानलाई पराजित गर्दै समूह विजेता बनेको थियो । त्यस खेलमा नेपालले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित निकालेको थियो ।

नेपालसँग पराजित भए पनि भारतले सेमिफाइनलमा अर्को समूहको विजेता बंगलादेशलाई हराएर फाइनलमा पुगेको हो ।

नेपाल भने यस संस्करणमा अपराजित रहेर फाइनल पुगेको हो । समूह चरणमा भुटानलाई दुई र भारतलाई तीन गोल गरेको नेपालले दुवै खेलमा एक(एक गोल बेहोरेको थियो । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ६-० ले हराउदै फाइनल पुगेको हो ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *