२०८२ असार ५ गते शुक्रवार

नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

काठमाण्डौ ,भदौ २८ । नेपाल श्रीलङ्कामा चलिरहेको १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बोमा गएराति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलङ्कालाई ६–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालका लागि कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक–एक गोल गरे । अब नेपालले उपाधिका लागि बुधवार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *