२०८२ असार ७ गते आइतवार

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अलमुताइरीले राजीनामा दिए

काठमाण्डौ ,भदौ २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको पाँच सय २५ दिनपछि आज राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले आफ्नो कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् ।

कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उनी नेपालमा थिएनन् ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनल पुगेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *