२०८१ साउन ५ गते शनिवार

च्याम्पियन्स लिगमा आज ८ वटा खेल हुँदै

काठमाण्डौ,भदौ २२ । च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । अन्तिम ३२ का खेल अन्तर्गत आज आठ वटा खेल हुँदैछन् ।

राति साढे ११ बजे इङ्ग्लिस क्लब चेल्सीले क्रोएसियाको क्लब डाइनामो जाग्रिबसँग खेल्दैछ । यस्तै जर्मनीको बोरुसिया डर्टमन्ड र डेनमार्कको कोपनहेगनबीचको खेल पनि साढे ११ बजे नै सुरु हुनेछ ।

पोर्चुगलको बेन्फिका र इजरायलको मक्काबी हाइफाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । यस्तै स्पेनिस क्लब सेभिल्ला र इङ्लिस क्लब म्यानचेस्टर सिटी, इटलीको एसी मिलान र अस्ट्रेलियाको आरबी साल्जबर्ग, स्कटल्यान्डको सेल्टिक र स्पेनको रियल मड्रिडबीचको खेल पनि यही समयमा हुनेछ ।

युक्रेनको सख्तर डोनेस्क र जर्मनीको आरबी लाइपजिग तथा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजी र इटलीको युभेन्ट्सको खेल पनि राति पौने १ बजे नै सुरु हुनेछ ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *