२०८१ साउन ५ गते शनिवार

नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै

काठमाण्डौ,भदौ १७ । नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदैछ ।
नेपाल र केन्याले तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेका हुन् ।

पहिलो खेल दिउँसो पौने एक बजे नैरोबीमा सुरु हुँदैछ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल २० गते हुनेछ ।

केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेका छन् ।

केन्यासँग यसअघि भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *