२०८१ चैत्र १३ गते बुधवार

नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदै

काठमाण्डौ,भदौ १३ । नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदैछ ।

खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृङ्खला जित्नेछ ।

पाँच खेलको टी–२० शृङ्खलामा नेपाल २–१ ले अघि छ । हिजो भएको तेस्रो खेलमा नेपाल ४ विकेटको विजयी भएको थियो ।

त्यसअघि भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीचको पाँचौँ तथा अन्तिम टी–२० भोलि हुनेछ । टी–२० शृङ्खला पछि नेपालले घरेलु टोलीसँग एक दिवसीय खेल्नेछ ।

पहिलो एक दिवसीय खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुनेछ ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *