काठमाडौँ,भदौ १२ । पाँच खेलको टी–२० क्रिकेट सिरिजअन्तर्गतको तेस्रो खेलमा घरेलु टोली केन्याले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।
केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १५६ रन बनाएको हो।
केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतक बनाए। रकिप ७३ रनमा अविजित रहँदा इरफानले अविजित ५५ रन जोडे। यस्तै कोलिन्स ओबुयाले १८ र सुखदिप सिंहले ८ रन बनाए।
बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान एक विकेट लिए। अहिले नेपालले जवाफी व्याटिङ गरिरहेको छ।
पाँच खेलको सिरिजअन्तर्गत पहिलो खेलमा जित हात पारेको नेपाल दोस्रो खेलमा पराजित भएको थियो।
प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार