२०८१ बैशाख २१ गते शुक्रवार

नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज

काठमाण्डौ,भदौ १० । नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल नैरोबीमा दिउँसो पौने चार बजे सुरु हुनेछ ।

केन्यासँगको पाँच खेलको टी–२० शृङ्खलामा नेपालले १–० को अग्रता बनाएको छ । हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

नैरोबीमा जितका लागि पाएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

दुई देशबीचको तेस्रो खेल पर्सि आइतवार, चौथो खेल भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ ।

त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *