काठमाण्डौ,भदौ ९ । केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो ।
नेपाल र केन्याबीचको दोस्रो टी-२० खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ ।
त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।
प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार