२०८१ बैशाख २० गते बिहिवार

टि–२० एसिया कप छनोटमा हङकङले कुवेतलाई ८ विकेटले हरायो

काठमाडौं,भदौ ८ । टि–२० एसिया कप छनोटमा हङकङले लगातार दोस्रो जित निकालेको छ ।

कुवेतलाई ८ विकेटले हराउँदैै हङकङले एसिया कप छनोटमा सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै भेट्टायो ।

हङकङका बाबर हायत ५३ रनमा अविजित रहे । कप्तान निजाकत खान ५० रनमा आउट भए । कुवेतका मोहम्मद शफिक र अदनान इद्रिसले एकरएक विकेट लिए । त्यसअघि अलअमिरात मैदानमा टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । कुवेतका एडसन सिल्भाले ५६ रनको अर्धशतकीय पारी खेले । हङकङका अजिज खान, एहसान खान र यासिम मुर्तजाले दुईरदुई विकेट लिए ।

हङकङले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । हङकङले अन्तिम तथा निर्णायक खेलमा आज राती यूएईसँग खेल्नेछ । आजको खेलमा हङकङ विजयी भएमा एसिया कपमा छनोट हुनेछ ।

पराजित भएमा नेटनरेटका कारण बाहिरिनेछ । समान २ खेलमा ४ अंकका साथ हङकङ शीर्ष स्थानमा र २ अंकका साथ यूएई दोस्रो स्थानमा छ । यूएई पहिलो खेलमा कुवेतसँग एक विकेटले पराजित भएको थियो । यूएईले दोस्रो खेलमा सिंगापुरलाई ४७ रनले हराएको थियो । यूएईमा हुने टि–२० एसिया कप शनिबारदेखि सुरु हुनेछ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान र छनोट हुन बाँकी एक टोली रहनेछ भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *