२०८१ बैशाख २१ गते शुक्रवार

भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने

काठमाण्डौ,साउन ३१ । विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएको छ ।

महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै लामो समयपछि साफका सातै टिमको सहभागितामा प्रतियोगिता हुन लागेको थियो ।

सन् २०१० देखि सुरु भएको महिला क्षेत्रीय प्रतियोगिता अहिलेसम्म भारतबाहेक अन्य देशले जित्न सकेका छैनन् । पाँचमध्ये चारपल्ट फाइनलमा उसले नेपाललाई पराजित गरेको थियो ।

२०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपको पाँचौ संस्करण फाइनलमा भारतले नेपाललाई ३(१ गोलले हराउँदै उपाधि जितेको थियो ।

अल इन्डिया फुटबल फेडेरेसनमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले प्रतिबन्ध लगाएको हो ‌। योसँगै भारतले आगामी अक्टोबरमा आयोजना गर्न लागेको यू-१७ महिला विश्वकप फुटबल पनि अर्को देशमा सारिने निश्चित भएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *