काठमाण्डौ,साउन २९ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीका इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एकरएक गोल गरे । बर्नमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे । जितसँगै सिटीले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ ।
सिटीले २ खेलमा ६ अङ्क जोडेको छ । सिटी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै आर्सनलले पनि लगातार दोस्रो जित निकालेको छ ।
लेस्टर सिटीलाई ४–२ गोलले हराउँदै आर्सनलले लगातार दोस्रो जित निकालेको हो। आर्सनलका गाब्रियल जिससले दुई गोल गरे । ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एकरएक गोल गरे ।
लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले एकरएक गोल फर्काए । जितसँगै आर्सनलले २ खेलमा ६ अङ्क जोडेको छ । आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै साउथह्याम्पटन र लिड्स युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् ।
ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलह्यामले गोलरहित बराबरी खेलेका छन् । हिजो भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई २–१ गोलले हराएको छ।