२०८१ चैत्र ६ गते बुधवार

आयरल्यान्डसँगको टी–२० शृङ्खलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप’

काठमाण्डौ,साउन २१ । आयरल्यान्डसँगको दुई खेलको टी–२० शृङ्खलामा दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको छ ।

इङ्ल्यान्डको ब्रेस्टोलमा गएराति भएको दोस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका ४४ रनले विजयी भयो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । उसका ह्यारी टेक्टरले ३४ तथा ब्यारी म्याक्कार्थीले ३२ रन जोडे ।

दक्षिण अफ्रिका वायन पार्नेलले ५ तथा डेनियल प्रिरियसले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । उसका रिजा हेन्ड्रिक्सले ४२ तथा हिनरिच केल्सनले ३९ रन बनाए ।

आयरल्यान्डका गरिथ डिलेनले २ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका २१ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *