२०८३ बैशाख १३ गते आइतवार

एसीसी एसिया कप क्रिकेट–२०२२ श्रीलङ्काबाट यूएईमा सारियो

काठमाण्डौ,साउन १२ । एसीसी एसिया कप क्रिकेट–२०२२ यूएईमा हुने भएको छ ।

श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट र प्रदर्शनका कारण खेल श्रीलङ्काबाट यूएईमा सारिएको एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।

टी–२० फर्म्याटको एसिया कप आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने थप एक देश गरी ६ टोली सहभागी हुनेछन् ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *