काठमाडौं,जेठ २७ । न्यूजिल्यान्ड क्रिकेट टिमका कप्तान केन विलियम्सनले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेट खेल गुमाउने भएका छन् ।
घरेलु टोली इंग्ल्यान्ड र न्यूजिल्यान्डबीचको दोस्रो टेस्ट शुक्रबारबाट ट्रेन्ट ब्रिजमा सुरु हुदैछ ।
तर कोभिड पोजेटिभ देखिएपछि केनले दोस्रो टेस्ट खेल गुमाउने भएका हुन् । न्यूजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टिडले केनको स्थानमा हमिस रुदरफोर्डलाई स्थान दिइएको बताए । टम लाथमले भने केनको अनुपस्थितिमा कप्तानी गर्नेछन् ।
टिमका अन्य सदस्यहरुमा भने कोभिड नदेखिएको बताइएको छ ।
इंग्ल्यान्ड र न्यूजिल्यान्डबीचको पहिलो खेल घरेलु टोली इंग्ल्यान्डले ५ विकेटले जितेको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार