काठमाण्डौ,जेठ २४ । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ।
खेल मलेसियाको यूकेएम ओभलमा अहिले ११ बजे हुनेछ । नेपाल आज तेस्रो जित निकाल्ने दाउमा छ ।
नेपालले अहिलेसम्म खेलेका तीन खेलमा दुई जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल यूएईसँग पराजित भएको थियो।
हिजो भएको तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हरायो । नेपाल ३ खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा पर्सि मलेसियासँग खेल्नेछ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कपमा पुग्नेछ ।
प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार