२०८३ बैशाख १३ गते आइतवार

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार चौथो जित

काठमाण्डौ,माघ ३ । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकालेको छ ।

समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले प्रदेश एकलाई ६ विकेटले हराएको हो । प्रदेश एकले जितका लागि दिएको एक सय २ रनको लक्ष्य पुलिसले १३ ओभर एक बलमा ४ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको थियो । जितसँगै समूह ‘ए’ मा पुलिसको ८ अंक छ । त्रिभुवन आर्मी क्लबको चार खेलमा ६ अंक छ ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *