२०८१ बैशाख ७ गते शुक्रवार

रोयल र नेपालगन्ज स्पोटिङ क्लब फाइनलमा


नेपालगन्ज, पुस २५ । नेपालगन्ज स्पोर्टिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्पार्टिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालगन्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर बैकल्पिक खेलाडी बिभुसन केसीको सहयोगमा विकास पुनले ६३औं मिनेटमा गोल गर्दै नेपालगन्ज स्पोर्टिङ क्लबलाई अग्रता दिलाएका थिए ।

खेलको ७७औं मिनेटमा बिभुसनले नैं गोल गर्दै नेपालगन्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन । प्रतियोगिता पुसको २७ गते सम्म चल्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *