२०७८ माघ १० गते सोमवार

मैत्रीपूर्ण भलिबलमा पत्रकार महासघको टिम बिजयी

दाङ,पुस २५ । मैत्रीपूर्ण भलिवल खेलमा नेपाल पत्रकार महासघको टिम बिजयी भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको ३१ औं स्थापना दिवसका अवसरमा शनिबार घोराहीमा भएको मैत्रीपूर्ण भलिबल खेलमा प्याव्सन दाङको टिमलाई हराउदै बिजयी भएको हो ।

खेलमा महासघको टिमले प्यावसनको टिमलाई २५–२७, २५–२४ र २५–२० को सेटमा हराउदै बिजयी भएको थियोे ।

पहिलो सेटमा २५–२७ हारेको महासघको टिमले पछिका दुई २४–२५ र २५–२० मा जित्दै बिजयी भएको थियोे । महासघको तर्फबाट नरेन्द्र केसी,जेएन सागर,युगराज पोख्रेल,हिरा ओली,हिक्मत दर्लामी,अभिनय बुढाथोकी,सुदन सुनार, जीवन मल्ल र नरेश महराले खेलेका थिए भने प्याव्सनकातर्फबाट चक्रबहादुर रावत, नवराज खत्री, सूर्यबहादुर रावत, लक्ष्मीप्रसाद बुढा मगर, चित्रबहादुर घर्ती , नारायण घिमिरे , श्रवण चौधरी, विरेन्द्र चन्द, बिमल अधिकारी सहभागी थिए ।

बिजेता र उपबिजेता टिमलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरिएको थियो । प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षतामा भएको प्रतियोगितामा प्याव्सनका लुम्बिनी प्रदेश सल्लाहकार जीवनकुमार आचार्यले महासघ र प्याव्सनबिच सौहार्दपुर्ण व्यवहार र सहकार्य निरन्तरता दिनका लागि मैत्रीपूर्ण खेलले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

उनले आगामी दिनहरुमा समेत सहकार्यलाई निरन्तरता दिनका लागि यस्ता खेलहरुको आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी,प्याव्सन घोराहीनगर समितिका अध्यक्ष बिरेन्द्र चन्दलगायतले बोलेका थिए ।

पोषन न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव आदिम केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *