२०८१ जेष्ठ ३० गते बुधवार

महिला विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा हुने

काठमाण्डौ,भदौ ४ । आईसीसी महिला विश्वकप क्रिकेट छनोट सन् २०२१ जिम्बाबेमा हुने भएको छ ।

छनोट प्रतियोगिता नोभेम्बर २१ तारिखदेखि ५ डिसेम्बरसम्म हुने आईसीसीले जनाएको छ ।

गएको जुलाईमा श्रीलङ्कामा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।

क्वालिफायरको शीर्ष तीन टोलीले मार्च ४ तारिखदेखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा हुने आईसीसी महिला विश्वकप सन् २०२२ मा खेल्न पाउने छन् ।

प्रतियोगिताको आयोजक र मितिको टुङ्गो लगाए पनि तालिका भने सार्वजनिक गरको छैन । आईसीसीले केही दिनमै खेल तालिका सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *