
कपुरकोट, बैशाख २ ।विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गर्न सल्यानको कपुरकोटमा तेश्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
कपुरकोट ४ स्थित नेरामावि किमुचौरको प्रांगणमा विहीबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गापा प्रमुख भिमबहादुर सेनले प्रतियोगिताको उद्घाटन गरेका हुन ।उत्कृष्ट खेलाडिलाई जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा सहभागी बनाउने उदेश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता अन्तरगत एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कपर्दी लगायतका खेल सञ्चालन गरिने छन् ।

प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष सेनले खेलकुदले मानिसलाई अनुसासित र स्वस्थ बनाउने बताए । उनले खेल क्षेत्रको विकासको लागि हातेमालो आवश्यक रहेको बताए । अध्यक्ष सेनले राष्ट्रपति रनिङ सिल्डको लागि आफुहरुले पाँचवटा माविलाइ प्रती विद्यालय ५० हजारको दरले व्यवस्थापन खर्च स्वरुप उपलब्ध गराएको जानकारी दिए ।
खेलकुद विकास समिती कपुरकोटका अध्यक्ष द्रोण केसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउंपालिका उपाध्यक्ष तिला बुढा, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, वडा नं ४ का वडा अध्यक्ष हरिलाल पुन, नेकपा एमालेका प्रतिनिधि ओमबहादुर बुढा, नेपाली कांग्रेसका प्रतिनिधि दुर्गाबहादुर गिरी, माओबादी केन्द्रका प्रतिनिधि पवन नेपाली, सामुदायिक वन उपभोक्ता महासंघ कर्णालिका अध्यक्ष घनश्याम शर्मा, शिक्षक महासंघ कर्णालिका उप महासचिव बामदेव अधिकारी, सल्यान जिल्ला अध्यक्ष मधुसूदन गिरी लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।