२०८२ जेष्ठ ११ गते शुक्रवार

भलिवल प्रतियोगिता सुरु


देउखुरी, चैत ९ । राप्ती गाउँपालिकाको वडा नं. ७ मा भलिवल प्रतियोगिता सुरु भएको छ ।वडाको बार्षिक कार्यक्रम अन्तरगत युवा क्वल स्तरिय भलिवल प्रतियोगीता सुरु गरिएको हो ।सोमवार गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले प्रतियोगिताको उद्घाटन गरेका हुन ।

प्रतियोगितामा वडाका छोट्की सिसहनिया, बड्की सिसहनिया, जगपुर, अर्नाहनपुर, जितपुर, भानपुर गाउँका ८ वटा पुरुष र ३ महिला भलिवल टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता मंगलबार सम्म चल्ने छ । त्यस्तै प्रतियोगिताको बिजेता टिमलाई सम्मान गर्नका लागि स्थानीय कला, संस्कृति झल्कने सास्कृतिक कार्यक्रम पनि गरिने वडा अध्यक्ष विद्याशरण चौधरीले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *