२०८१ बैशाख ६ गते बिहिवार

लमहीमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमी कप क्रिकेट प्रतियोगिता शुरु

देउखुरी, चैत ८ । कोभिड १९ ले थला परेको नेपालको खेलकुद क्षेत्रमा पछिल्लो केही समय देखि  जिल्ला जिल्लामा खेलकुदका प्रतियोगिता शुरु भएका छन ।आईतवार देखि दाङ जिल्लाको देउखुरी उपत्यकाको लमहीमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । 

प्रतियोगिताको शुभारम्भ समारोहमा आरएस  स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका निर्देशक तथा अन्तरास्ट्रिय क्रिकेट खेलाडी राजवीर सिङले प्रतियोगिताले  नेपाली खेलाडीलाई  विदेशिको अनुभव सिकन अवसर मिल्ने धारणा राखे ।

प्रतियोगितामा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जिल्लाका खेलाडीहरुलाइ नयाँ बाताबरणमा खेलखेल्नका लागि आत्म विश्वास बढाउने उल्लेख गरे ।

  

देउखुरी क्रिकेट कल्बका उपाध्यक्ष प्रकाश जिसीले भारतका खेलाडी समेत आएर स्थानिय खेलमैदानमा खेलेको हेर्न पाउदा गौरवको अनुभुती भएको सुनाए 

प्रतियोगिताको शुभारम्भमा लमही क्रिकेट संघका अध्यक्ष किरन बुढाथोकी कोषाध्यक्ष उत्तम बिष्ट , सुभ निर्माण सेवाका संचालक गिरीराज बिष्ट , आर एस क्रिकेट एकेडेमीका प्रशिक्षक दिपक पाटेल , रास्ट्रिय क्रिकेट खेलाडी अमित तामाङ लगाएतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए 

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार सहित मेडल  पुरस्कार पाउने छ । उपबिजेताले नगद १० हजार सहित मेडलमा चित्त बुझाउनु पर्ने छ । चैत १४ गतेसम्म संचालन हुन प्रतियोगितामा मित्रराष्ट भारतबाट २ वटा र दाङ जिल्लाका ४ गरि कुल ६ वटा एकेडेमीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *