देउखुरी, फागुन २६ । राप्ती गाउँपालिकाले स्थापना दिवशको अवसर पारेर कर्मचारीहरु बीच आयोजना गरेको अन्तर पालिका ब्याडमिन्टन प्रतियोगिता भएको छ । प्रतियोगिता अन्तरगत बुधवार पुरुष कर्मचारी तर्फ गढवा गाउँपालिकाका कैलाश चौधरी र शम्भु चौधरीको टिम प्रथम भएको छ ।
त्यस्तै महिला तर्फ राप्ती गाउँपालिकाका अनामिका चौधरी र सिमा भट्टको टिम प्रथम भएको छ । प्रतियोगितामा लमही नगरपालिकाका रामभजन चौधरी र कृष्णकुमार नेपालीको टिम दृतिय भएको छ । त्यस्तै महिला कर्मचारी तर्फ राप्ती गाउँपालिकाका नितु चौधरी र पुनम कुमालको टिम दृतिय भएको छ ।
प्रतियोगितामा राप्ती, लमहि, गढवा, राजपुर र सरुमारानीपालिका सहभागि थिए । प्रतियोगितामा पुरुषको १७ टिम र महिलाको ४ टिम सहभागि छन् ।विजयी टिम तथा खेलाडीलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नगद नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम वली, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले विजयीहरुलाई बधाई दिएका थिए ।