तुलसीपुर, फागुन २० । दाङको तुलसीपुरमा प्रथम हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजना संचालन हुने प्रतियोगिता आउदो चैत्र २५ गतेदेखि तुलसिपुर ५ अरनिको खेल मैदान मा सुरु हुनेछ ।
स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेल को बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिता को आयोजना गरिएको हो । २०७६ साल चैत ३ गतेका दिन एक घरेलु हतियारधारी समुहको आक्रमण मा परि ज्यान गुमाएका फुटबल का होनहार खेलाडी डागी को सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डागी फाउन्डेसन का अध्यक्ष प्रकाश डागीले जानकारी दिएका छन्।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण लामो समय ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिन लागिएको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६५ हजार मेडल, प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिने प्रतियोगितामा मुल आयोजक समितिका संयोजक भुपेश डागीले जानकारी दिए ।
बैशाख २ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ।यसैविच प्रतियोगिता मुल आयोजक समिती ले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवर सम्पन्न गर्नका लागि मुल समितिका मातहत रहेका विभिन्न उपसमितिले प्रचार प्रसार, आर्थिक ब्यबस्थापन, लगाएतका तयारी लाई तिब्र पारेको समेत जानकारी दिएको छ ।