घोराही, फागुन १९ । दाङको रामपुरमा जुनियर तेक्वान्दो ग्रेडिङ कार्यक्रम भएको छ । बुद्धिराम स्मृति तेक्वान्दो दोजाङ घोराही उपमहानगरपालिका वडा नं. २ को आयोजनामा तेक्वान्दो गे्रडिङ भएको हो ।
ग्रेडिङमा ४३ जना खेलाडी सहभागि थिए । जसमा १७ जना ह्वाइबेल्ट, ४ जना एलो बेल्ट, स्टेप ग्रीन वेल्टका १९ जना र ग्रीन बेल्टका ३ जना खेलाडीले भाग लिएका थिए ।
दोजाङ प्रमुख बिष्णु बहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रशिक्षक भूपेन्द्रबहादुर घर्तीले ग्रेडिङ गराएका थिए । सहभागि मध्य २ जनाले डवल प्रमोशन प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार