२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरका मल्ल ओलम्पिक कमिटी लुम्बिनी प्रदेशको अध्यक्षमा मनोनित


तुलसीपुर, फागुन १३ । सानीमा बैंक तुलसीपुर शाखका प्रमुख (बिएम) योगेश मल्ल स्पोर्ट फर अल कमिशन नेपाल ओलम्पिक कमिटीको लुम्बिनी प्रदेश अध्यक्षमा मनोनित गरिएका छन् ।

कमिशनका केन्द्रीय अध्यक्ष बिष्णु गोपाल श्रेष्ठको नामबाट बिहीवार प्राप्त पत्रमा तुलसीपुरका खेल प्रेमी युवा मल्ललाई लुम्बिनी प्रदेशको अध्यक्षमा मनोनित गरिएको जानकारी दिइएको छ ।

कमिशनको पुस २७ गतेको बैठकले बैंकका बिएम मल्ललाई कमिसनको प्रदेश अध्यक्षमा मनोनित गर्ने निर्णय भएको केन्द्रीय अध्यक्ष श्रेष्ठले पत्रमा उल्लेख गरेका छन् । युवाहरुका माझ लोकप्रिय मल्ल सानैदेखि सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले बिशेष गरि खेल कुदको बिकाशका लागि सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *