२०८१ बैशाख ८ गते शनिवार

दाङको तुलसिपुरमा लखन थापा स्मृति कप फुटबल जारी

युएनबिसी र युनाईटेड फाईनल भिड्ने

दाङ,फागुन १० । युएनबिसी घोराही र युनाईटेड युथ क्लब तुलसिपुर नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ को फाईनलमा भिड्ने भएका छन्। नेपाल मगर युवा संघ तुलसिपुर को आयोजना तथा नेपाल मगर संघ तुलसिपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिती दाङको संयुक्त ब्यबस्थापनमा तुलसिपुर अरनिको मैदानमा जारी प्रतियोगिता को सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एस एस एफ ए तुलसिपुर लाई ट्राईबेकरमा २ का बिरुद्ध ३ गोल अन्तर ले पाखा लगाउदै युनाईटेड युथ क्लब तुलसिपुर ले फाईनल यात्रा तय गरेको हो ।

उल्लेख्य दर्शकको उपस्थितीमा भएको निक्कै कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म १/१ गोलको बराबरी भएपछी खेल को नतिजा ट्राईबेकर बाट निकालिएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सक्सेस फुटबल क्लब तुलसिपुर लाई सुन्यका बिरुद्ध १ गोल अन्तर ले पाखा लगाउदै युएनबिसी घोराही ले युनाईटेड संग को फाईनल यात्रा पक्का गरेको हो । कडा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ्को ३८ औ मिनेटमा युएनबिसी का जर्सी न १८ का खेलाडी आकाश बुढामगरले गरेको गोल नै निर्णायक गोल सावित भयो ।

प्रतियोगिता को फाईनल खेल फागुन १२ गते बुधबार दिउँसो १ बजे हुनेछ । लखन थापा कप उपाधी चुम्ने होडमा रहेका दुबै टिम बिच हुने फाइनल खेल शसक्त र शानदार हुने अपेक्षा गरिएको छ ।

जहानिया राणा शासन का विरुद्ध नेपाली जनताको मुक्ति का लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवस का अबसरमा प्रतियोगीताको आयोजना गरिएको प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,डिएन दहाल,बिनोद बिक,सुरेन्द्र चौधरी र आदेश केसि रहेका छन ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता टिम ले नगद ५० र सेमिफाइनल सम्म पुगेका दुई टिम ले क्रमशः १० / १० हजार नगद हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका संयोजक घनश्याम पुनले जानकारी दिए । प्रतियोगिता मा जिल्लाका २४ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *