२०८१ माघ २६ गते शनिवार

स्व.खड्काको तेश्रो स्मृतिमा टेबल टेनिस प्रतियोगिता हुने

तुलसीपुर,फागुन ५ । दाङको तुलसीपुरमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको तेश्रो स्मृतिमा प्रतियोगिता हुने भएको हो । युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा आउँदो चैतको १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुन लागेको बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।

गुमनाम खेलाडीहरुलाई चिनाउने र उनीहरुको मनोबल उच्च बनाउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको युथस अफ तुलसीपुरका एडमिन अरुण लहरेले जानकारी दिए । उनले खेलमा प्रथम, द्धितीय र तृतिय हुनेलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए ।

जस अन्तर्गत प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार, मेडल तथा प्रमाणपत्र, द्धितीय हुने टिमलाई नगद १५ हजार मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

यसैबिच महिला एकल र पुरुष एकल तर्फ प्रथम हुनेलाई ४० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई नगद १० हजार ,प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै पुरुष जुनियर र महिला जुनियर तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने लहरेले बताए ।

प्रतियोगीतामा पुरुष जुनियर र महिला जुनियर टिम तर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

युथस अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै टेबल टेनिस सघं दाङका अध्यक्ष सिताराम शर्माले विकास प्रेमी नेता स्व.खड्काको योगदानको उच्च सम्मान र कदर गर्दै खेलको आयोजना गरिएको बताए ।

उनका अनुसार प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने छ । प्रतियोगितामा २५ जिल्लाबाट गरि १ सय ८८ जनाको सहभागीता रहने छ । खेलाडीहरुको लागि खाना,बस्नसगंसगै यातायातको समेत व्यवस्था गरिएको आयोजक टिमले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *