
तुलसीपुर,फागुन १ ।अमृत बिद्या मन्दिर स्कूल तुलसीपुरले आफ्नो साता ब्यापी खेलकुद कार्यक्रम शनिबार देखि सुरु गरेको छ । बिधालयमा अध्ययनरत छात्र/छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न आयोजित खेल सप्ताहको उद्घाटन शान्तिनगर गाउँपालिका वडा नं ३ का अध्यक्ष बुद्धिराम तिवारीले गरेका हुन् ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्दिप भुसालले विद्यार्थीको प्रगती विवरण,भाबी योजना तथा स्कुलले गरिरहेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
खेलकुद सप्ताहमा एथलेटिक्स तर्फका ट्रयाक तथा फिल्ड, छात्र भलिबल छात्रा भलिबल, कबड्डी ज्याभलीन थ्रो ,सटफुट लगाएतका सिनियर तथा जुनियर तर्फका खेलहरु हुनेछ्न ।
विद्यालयका सञ्चालक बलबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले स्वास्थ्य र समृद्धिसंग जोडिएको खेलकुद क्षेत्र मानव जिवनको अभिन्न अंग भएको बताए ।
खेलाडी उत्पादन थलो बिधालय क्षेत्र हो तपाईहरु खेलकुद क्षेत्रमा लगानी बढाउनुहोस,उनले भने, यसले बालबालिका को सर्वाङिन बिकासको आधार स्तम्भ निर्धारण गर्नेछ । उक्त कार्यमा गाउँपलिकाले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । शन्तिनगर गाउँपलिकामा अमृत बिद्या मन्दिर एक अब्बल बिद्यालय भैसकेको उनले बताए ।
विद्यालयका भाइस प्रिन्सिपल पवन कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक निमबहादुर केसीले गरेका थिए ।