२०८३ कार्तिक १२ गते बुधवार

अमृत बिद्या मन्दिरमा खेलकुद सप्ताह सुरु 

तुलसीपुर,फागुन १ ।अमृत बिद्या मन्दिर स्कूल तुलसीपुरले आफ्नो साता ब्यापी खेलकुद कार्यक्रम शनिबार देखि सुरु गरेको छ ।  बिधालयमा अध्ययनरत छात्र/छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न आयोजित खेल सप्ताहको  उद्घाटन शान्तिनगर गाउँपालिका वडा नं ३ का  अध्यक्ष बुद्धिराम तिवारीले गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्दिप भुसालले विद्यार्थीको  प्रगती विवरण,भाबी योजना तथा स्कुलले गरिरहेको कार्यक्रमको बारेमा जानकारी  गराएका थिए ।

खेलकुद सप्ताहमा एथलेटिक्स तर्फका ट्रयाक तथा फिल्ड, छात्र भलिबल छात्रा भलिबल, कबड्डी ज्याभलीन थ्रो ,सटफुट लगाएतका सिनियर तथा जुनियर तर्फका खेलहरु हुनेछ्न ।

विद्यालयका सञ्चालक  बलबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले स्वास्थ्य र समृद्धिसंग जोडिएको खेलकुद क्षेत्र मानव जिवनको अभिन्न अंग भएको बताए  ।

खेलाडी उत्पादन थलो बिधालय क्षेत्र हो तपाईहरु खेलकुद क्षेत्रमा लगानी बढाउनुहोस,उनले भने, यसले बालबालिका को सर्वाङिन बिकासको आधार स्तम्भ निर्धारण गर्नेछ ।  उक्त कार्यमा गाउँपलिकाले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । शन्तिनगर गाउँपलिकामा अमृत बिद्या मन्दिर एक अब्बल बिद्यालय भैसकेको उनले बताए ।

विद्यालयका भाइस प्रिन्सिपल पवन कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण  विद्यालयका शिक्षक निमबहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *