तुलसीपुर, माघ २९ ।तुलसीपुरस्थित अरनिको मैदानमा हुने ‘लखन थापा कप’ खुल्ला पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु भएको छ । नेपालमा प्रजातान्त्रिक आन्दोलनका प्रथम शहिद लखन थापाको स्मृतिमा जिल्ला स्तरिय प्रतियोगिता फागुन २ गतेदेखि सुरु हुने भएको हुँदा तयारी तीब्र पारिएको हो ।
नेपाल मगर युवा संघ तुलसीपुरको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला कमिटी दाङको संयुक्त ब्यबस्थापनमा प्रतियोगिता गर्न लागिएको छ ।जसका लागि टिम दर्ता, प्रचारप्रसार, खेलमैदान मर्मत लगाएतका कामहरु भइरहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
प्रतियोगितामा झण्डै २ दर्जन बढी टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता सञ्चालन मुल समितिका संयोजक घनश्याम पुनले जानकारी दिए ।
जहानिया राणा शासन का विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवसका अबसरमा प्रतियोगीता गर्न लागिएको हो ।
प्रतियोगिताको प्रथम, दृतिय र तृतिय हुने टिमलाई क्रमश ः एकलाख, ५० हजार र २० हजार पुरस्कार प्रदान गरिने संयोजक पुनले जानकारी दिए ।