तुलसीपुर, माघ २५ । दाङ तुलसीपुरको बालापुरमा सञ्चालित जिल्ला कै सर्बाधिक पुरस्कार राशिको खुला भलिबल प्रतियोगिताको उपाधि गोरखा ट्रेनिङ सेन्टर तुलसिपुरले जितेको छ ।
सक्सेस फूटबल क्लब तुलसीपुर दाङको आयोजनामा माबि बालापुरमा आइतबार भएको फाईनल खेलमा ईन्टिरियर स्मार्ट होम डेकोर तुलसीपुरलाई २५–१५, १४–२५, २१–२५, २५– २० र १५– ८ अर्थात ३–२ को सेटमा गोरखा ट्रेनिङ सेन्टरले पछि पार्दै उपाधि चुमेको हो ।
उस्ले उपाधि संगै उसले नगद ७५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । फाईनलमा पराजय ब्यहोरेको ईन्टिरियर होम डेकोरले नगद ५० हजार,ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्यो ।त्यस्तै प्रतियोगिता फेलोसिप ट्रेनिङ सेन्टरले तृतिय स्थान हासिल गर्दै नगद ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र जितेको छ ।
प्रतियोगितामा जनप्रिय बोर्डिङ स्कूल बस्लापुरले सान्त्वना स्थान हासिल गर्यो । कार्यक्रममा खेलअ बधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयर खेलाडी गोरखा ट्रेनिङ सेन्टरका कमल गहतराज,बेष्ट ब्लकर गोरखा ट्रेनिङ सेन्टर कै बिपिन क्षेत्री , बेष्ट लिब्रो फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुरका हरिस बोढाथोकी, बेष्ट लिफ्टर ईन्टिरियर होम डेकोरका प्रबीण सारु मगर र बेष्ट स्पाईकर ईन्टिरियर होम डेकोर कै सुवास चन्द घोषित भएका थिए । उनीहरु सबैलाई ट्रफी प्रदान गरिएको थियो ।
आयोजक सक्सेस क्लबका अध्यक्ष सुरज वलीको अध्यक्षता र तुलसिपुर उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो ।कार्यक्रममा बिशिष्ट अतिथि नेपाली काग्रेस यातायात बिभागका केन्द्रीय सदस्य सुरेश हमाल थिए ।कार्यक्रममा प्रतियोगिताका संयोजक ढुण्डिराज न्यौपानेको स्वागत मनतब्य राखेका थिए ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । तुलसीपुर उपममानगरपालिका वडा नं. २ र दंगिशरण ५ बालापुरका युवाहरुको ब्यबस्थापनमा भएको हो ।