२०८१ माघ ३ गते बिहिवार

योगिनी कप भलिबलमा मुस्कान क्लब, ध्रुवतारा र भानु माविको विजयी सुरुवात


नेपालगन्ज, माघ २३ । प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोडिङ स्कुल र भानु माविले वियजी सुरुआत गरेको छन ।

खजुरा गाउँपालिका, २ गौघाटमा सुरु भएको प्रतियोगिताको पहिलो दिन मुस्कान युवा क्लब राप्ती सोनारीले आयोजक योगिनी युवा क्लबलाई २५–१६, २३–२५, २५–२२ र २५– २० ले पराजित गरेको छ ।

भानु मावि उढरापुरले ज्ञानोदय मावि खजुरालाई २०–२५, २५–१४, २५–१६ र २५–१८ ले हरायो । त्यसैगरी अर्को खेलमा धु्रवताराले जनता नमुना माविलाई २५–२२, २२–२५, २५–१६, २९–३१ र १५–९ले पराजित गरेको छ ।

रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेको छन ।

बिहिबार एक समारोहका बिच खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, वडा नम्बर २ अध्यक्ष देवीलाल खनाल, बाँके जिल्ला भलिबल संघका सचिव यामनारायण महतोले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

माघको २४ गते सम्म चल्ने प्रतियोगिE0ाको विजेताले नगद २१ हजार र उपविजेताले १० हजार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने आयोजक क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाले बताए ।

संजय स्मृति प्रतिष्ठानले प्रायोजन गरेको प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरीले सह प्रायोजन गरेको छ । खजुरा गाउँपालिकाको समन्वयमा भएको प्रतियोगितामा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गरेको प्रतियोगिता संयोजक दिलिप महताराले बताए ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *