२०८२ असार ९ गते मङ्गलवार

बालापुरमा जारी पुरुष भलिबल प्रतियोगितामा – गोरखा ट्रेनिङ र एकता पोल्टिको बिजयी सुवात

तुलसीपुर, माघ २३ । दाङ तुलसीपुरको बालापुरमा जिल्लामा सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । सक्सेस फुटबल क्लब तुलसिपुर दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ र दंगिशरण गाउँ पालिका वडा न ५ को सहकार्यमा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितामा १० टिमको सहभागि छन् । उद्घाटन खेलमा गोरखा ट्रेनिङ सेन्टर तुलसीपुर र एकता पोल्ट्रि ब्रिडिङ प्रालि तुलसीपुर २ ले बिजयी सुरुवात गरेका छन ।

गोरखाले दंगिशरण ६ लाई २–० को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै राप्ती स्वर्गद्वारीलाई २–१ को सेटमा पराजित गर्दै एकता पोल्ट्रिले बिजयी सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तरगत शनिवार पहिलो खेलमा एकता पोल्ट्रि ब्रिडिङ तुलसिपुर २ र जनप्रिय बोर्डिङ स्कूल बालापुर भिड्नेछन् । खेल बिहान साढे आठ बजेदेखि सुरु हुनेछ ।

तुलसीपुर २ माबि बालापुर खेल मैदानमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको व%Aजेता, उप विजेता र तृतियस्थान हासिल गर्ने टिमले क्रमशः नगद ७५ हजार, ५० हजार र ३० हजार पुररुकारसहित कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु आचार्यले गरेका हुन ।प्रमुख अतिथि आचार्यले मानव स्वास्थ्य र संबृद्धिको आधार स्तम्भ सिंगो खेल क्षेत्रको बिकाश तत्कालको आबश्यक्ता भएको बताए ।

‘खेलकुद मानव जीवनको अभिन्न अंग हो,’ आचार्यले भने ‘ यसको बिकासमा सबैको उत्तिकै चासो र चिन्तन हुन जरुरी छ ।’

आयोजक क्लबका अध्यक्ष सुरज वलीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली (माइकल), नेपाली काँग्रेस दंगिशरण गाउँपालिका ईकाइ सभापति शोभाकर न्यौपाने,नेकपा तुलसीपुर २ का अध्यक्ष अम्बिकाप्रसाद योगी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगिताका संयोजक ढुण्डीराज न्यौपानेको स्वागत मन्तब्यबाट कार्यक्रम सुरु भएको हो । कार्यक्रममा नेपाली सस्कृति झल्किने विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रमको सञ्चालन प्रतियोगिता मुल आयोजक समितिका सदस्य दुर्गा गिरीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *