देउखुरी, माघ २० । प्रज्वल स्मृति अध्ययन केन्द्रले आयोजना गरेको सप्ताह ब्यापी खेलकुद प्रतियोगिता मंगलवार समापन भएको छ ।प्रतियोगिता अन्तरगत नृत्य प्रतियोगितामा आयोजक टिमले पहिलो र दोस्रो स्थान हासिल गरेको छ ।
महादेवा क्लबपनि दृतिय स्थान हासिल गर्न सफल भएको छ ।त्यस्तै मध्यनगर नृत्य क्लबले तृतिय स्थान हासिल गरेको छ । पहिलो हुनेले १० हजार, दोस्रो हुनेले समान ५÷५ हजार र तृतियले ३ हजार नगद र प्रमान पत्र प्राप्त गरे ।
त्यस्तै क्रिकेट प्रतियोगितामा राप्तीद्वार युवा क्लब पहिलो भएको छ । देउखुरी क्रिकेट क्लब लमही दोस्रो स्थानमा चित्त बुझाएको छ । यो प्रतियोगितामा पहिलो हुने टिमले नगद २० हजार र दोस्रो हुनेले १० हजार प्राप्त गरे ।
त्यस्तै कराँते प्रतियोगितामा गँगापरस्पुर डोजोको टिम पहिलो हुँदै नगद १० हजार पुरस्कार जितेका छ । गोबरडिहा डोजोको टिम दोस्रो भएर ७ हजार र सनलाईट डोजो लमहीले तृतिय हुँदा ५ हजार प्राप्त गरेको छ ।आयोजक टिम र गँगापरस्पुर कराँते डोजो समुहले सान्त्वना स्वरुप समान १÷१ हजार प्राप्त गरे ।
प्रज्वल स्मृती अध्ययन केन्द्र गढवाका अध्यक्ष मधुसुदन वलीको अध्यक्षता तथा प्राध्यापक रश्मिराज पाण्डेयको प्रमुख आतिथ्य र क्रिकेट संघ दाङका पुर्ब अध्यक्ष किशोर चन्द्र गौतमको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।
प्रतियोगिता १३ गतेदेखि शुरु भएको थियो । गढवा गाउपालिका वडा नम्बर ४ मा सितरियो कराँते, नित्य र वडा नम्बर ५ मा क्रिकेत प्रतियोगिता आयोजना गरिएको थियो । नृत्यमा १० समुहले सहभागि थिए । क्रिकेट र कराँतेमा समान ९÷९ टिमले सामेल थिए ।