२०८१ बैशाख १४ गते शुक्रवार

मनमोहन रनिङ शिल्ड फूटबलको उपाधि मलवारले जित्यो


तुलसीपुर, पुस २८ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरी मा भएको तेस्रो मनमोहन स्मृति रनिङ शिल्ड फूटबल प्रतियोगिताको उपाधि मलवारले जितेको छ ।तुलसिपुर १५ नम्वरको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत मंगलवारको फाइनल खेलमा कुरहरियालाई सून्यका बिरुद्ध ४ गाले अन्तरले हराउँदै साविक बिजेता मलवारले उपाधि जितेको हो ।

उपाधि संगै उसले नगद ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै कुरहरिया उपबिजेतामा समित रहँदै २० हजारमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा मलवार ‘बी’ समुले तृतिय स्थान हासिल गर्न सफल भयो । उसले नगद ५ हजार पुरस्कार जितेको छ । स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृधी गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकाशमा टेवा पु¥याउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगिामा ९ टोल सहभागिता थिए ।

प्रतियोगिता समापन समारोह तुलसिपुर १५ का अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षता र तुलसीपुरका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा तुलसीपुरका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली (माईकल) बिशिष्ट अतिथि थिए ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *