२०८० चैत्र १६ गते शुक्रवार

भारतमा एकैदिन २ लाख ८२ हजारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं,माघ ५ । छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख ८२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन हिजोको तुलनामा १८।९ प्रतिशतले बढी हो ।

पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, उक्त अवधिमा ४४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित पुष्टि भएका ५ राज्यमा कर्नाटक शीर्ष स्थानमा छ । त्यहाँ ४१ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, दोस्रो स्थानमा रहेको महाराष्ट्रमा पछिल्लो २४ घण्टाभित्र ३९ हजार २०७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । केरलमा २८ हजार ४८१, तमिलनाडुमा २३ हजार ८८८ र गुजरातमा १७ हजार ११९ जना नयाँ सक्रमित थपिएका छन् ।

हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड ७९ लाख नाघेको छ । यसमध्ये तीन करोड ५५ लाख संक्रमित निको भएका छन् । यसबाहेक, कोभिड संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्यासमेत बढिरहेको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या बढेर १८ लाख ३१ हजार पुगेको छ । दैनिक संक्रमण दर समेत बढेर १५।१३ प्रतिशत पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित मंगलबारको तुलनामा ०।७९ प्रतिशतले बढेर ८ हजार ९६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *