२०८३ जेष्ठ ३१ गते आइतवार

दिल्लीमा पनि भेटियो नयाँ भेरियन्ट ‘ओमिक्रोन’

काठमाण्डौ,मंसिर १९ । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ ।

दिल्लीमा आइतबार एकजनामा ओमिक्रोन संक्रमण देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। त्यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले दिल्लीमा ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएको पुष्टि गरेका छन् ।

अफ्रिकी मुलुक तान्जानीयाबाट आएका व्यक्तिमा ओमिक्रोनका संक्रमण देखिएको हो । स्वास्थ्यमन्त्री जैनका अनुसार विदेशबाट आएका १२ जनाको नमूना परीक्षणका लागि पठाइएको थियो। जसमध्ये एकजनामा ओमिक्रोन भाइरसको संक्रमण देखिएको हो।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *