२०८३ साउन २ गते शनिवार

तुलसीपुरमा जंगली च्याउ खाएकी दीपाको मृत्यु

तुलसीपुर , साउन २ ।


तुलसीपुरमा जंगली च्याउ खाँदा बिरामी भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
तुल्सीपुर उपमहानगरपालिका –३ बल्लेकी ३७ बर्षीया दीपा पुनको उपचारका क्रममा शनिबार बेलुकी पख थप उपचारका लागि बाँकेको नेपालगञ्ज तर्फ लैजाने क्रममा उनको मृत्यु भएको हो ।


त्यसअघि उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल, घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान हुँदै शुक्रबार बेलुकी पख घोराहीको गोल्लीस्थित संजिवनी हस्पिटलमा उपचारका लागि लगिएको थियो ।
अवस्थामा सुधार नआएपछि शनिबार दिउँसो थप उपचारका लागि बाँकेको नेपालगञ्ज तर्फ लैजाने क्रममा बेलुकी पख दीपाको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अधिकारीले जानकारी दिए।


असार ३२ गते जंगलबाट च्याउ ल्याएर खाएका मध्य एकै परिवारका ७५ बर्षीया दीलमाया पुन, १४ बर्षीय सुमन बुढाथोकी, ११ बर्षीय बिपिन पुन र ७ बर्षीय बिबेक पुन बिरामी परेका थिए । चार जना भने उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।
मृतकको शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *