फागुन २८ । नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा नयाँ र उत्कृष्ट सृजना थपिएको छ । सल्यानमा जन्मीएर देश विदेशमा आफ्नो चर्चा बढाउन सफल गायक भागीरथ चलाउनेले गत शनिबार मात्रै सार्वजनीक गरेको जाउँला बरिलै बोलको गीतले धेरैको प्रशंशा पाइरहेको छ ।
यस अघि पनि उत्कृष्ट गीत ल्याउने र निरन्तर संगीत क्षेत्रमा लागीरहेको गायक भागीरथ र छुट्टै पहिचान बनाएकी गायीका विष्णु माझीको स्वरमा सजिएको निकै मर्मस्पर्शी गीत जाउँला बरिलै ले सानो र ठूलो जातको युवा युवतीको प्रेम कथा बोलेको छ । गीतमा तल्लो जातको युवकले माथिल्लो जातकी युवतीसँग गरेको प्रेम र ती दुई जोडीले खेप्नु परेको पीडा तथा गाउँ समाजको अन्यायलाई देखाइएको छ ।
गीतको शब्द सन्तोष विसी र भीम लामाले लेखेका हुन भने लय भने गायक भागिरथ लचलाउने स्वयंले बनाएका हुन् ।
मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘जाउँला बरिलै’का एरेञ्जर विनोद बाजुराली हुन् । करण चैसिरको छायाँकन रहेको म्युजिक भिडियोका परिकल्पना गायक भगिरथ चलाउनेले गरेका हुन् । भिडियोको निर्देशन र सम्पादन प्रवीन भट्टको रहेको छ । म्युजिक भिडियोमा देवेबन्द्र बब्लु, रविना अधिकारी, जुना गुरुङ, कल्याण रत्न कार्की, उदय कार्की, पूर्णिमा कार्की, ध्रुब कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।