२०८२ कार्तिक २५ गते मङ्गलवार

हल्लैहल्लामा आमा बनिन् सोनम कपुर

काठमाडौँ,असार २७ । बलिउड अभिनेत्री सोनम कपुर र आनन्द आहुजा चाँडै आमाबाबु बन्न लागेका छन्।

आफ्नो जीवनको सबैभन्दा विशेष चरणमा रमाइरहेका यो जोडि यतिबेला क्लाउड नाइनमा छन्। तर, यता सामाजिक सञ्जालमा भने सोनम आमा बनेको हल्ला फिजिएको छ।

केही समयअघि सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी गराएकी सोनमको यतिबेला हस्पिटलमा बच्चा च्यापेको तस्बिर भाइरल भएको छ।

तस्बिरमा सोनम हस्पिटलको बेडमा पल्टिएकी छन् र काँखमा नवजात शिशु च्यापेकी छन्।

झट्ट हेर्दा झुक्कीए पनि तस्बिरमा भने सत्यता छैन्। उनको फोटो इडिट गरेर राखेको देखिन्छ। उनी निकट स्रोतका अनुसार यतिबेला उनी क्लाउड नाइनमा आफ्ना पतिसँग छन्।

हल्लैहल्लामा आमा बनेकी सोनमले यसबारे भने हालसम्म कुनै अभिव्यक्ति दिएकी छैनन्।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *