२०८१ बैशाख ७ गते शुक्रवार

दंगाली गायक प्रकाश रेग्मीको ‘शिरको फूल शिरैमा’ बजारमा

दंगाली अभिनेता आँकाश श्रेष्ठको उत्कृष्ट अभिनय

तुलसीपुर, असार २७ । पूर्व संचारकर्मी तथा दंगाली गायक प्रकाश रेग्मी ‘शिरको फूल शिरैमा’ बोलको गीत सार्वजनिक भएको छ । यो लोक लयमा आधारित गीत हो ।

जस्मा माया प्रितिका कुराहरु समेटिएका छन् । गीत सबै बर्ग र उमेर समुमहले रुचाउने आशा गरिएको गायक रेग्मीले बताए ।

‘युवा बर्गले बिशेष मन पराउने आशा छ,’ उनले भने ‘ गीतमा लोक जीवन बुनिएको छ ।’

सन २०१६ मा सार्वजनिक रेग्मीको ‘मैना’ बोलको गीत निकै लोकप्रिय मानिन्छ । पछिल्लो समय ‘शिरको फूल शिरैमा’ प्रकाशले रेश्मा पुनसँग गायका छन् ।

एनआर क्रियशनले तयार पारेको गीतमा दंगाली चर्चित अभिनेता आकाश श्रेष्ठको सशक्त अभिनय छ । उनलाई मोडल तनुजा वलीले साथ दिएकी छन । उनीहरुको भूमिका भिडियोमा राजसी ठाँटको छ ।

गीत राम (अबिरल) बिष्टको शब्द एसडी योगीको संगीतमा तयार भएको हो । शिव बिकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

https://www.youtube.com/watch?v=9u5-eHeWunQ

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *