२०८१ बैशाख १३ गते बिहिवार

लगनगाँठो कस्दै नीता र हरिहर

काठमाडौं,असार २४ । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिंदैछन् ।

अहिले काठमाडौंको याक एण्ड यति होटलमा वैवाहिक कार्यक्रम भइरहेको छ ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित छन् । अरुलाई प्रवेश दिइएको छैन । कलाकार सरोज खनाल पनि उपस्थित छन् ।

चार वर्षदेखि प्रेम सम्बन्ध रहेको यो जोडीले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्न लागेको हो ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *