काठमाण्डौ,चैत ८ । बलात्कार आरोपमा नायक पल शाहविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए। नायक शाह माथि यस अघि नवलपुर जिल्ला अदालतमा पनि जबरजस्ती करणीको मुद्धा दर्ता भएको थियो।
नायक शाह माथि १२ देखि १४ वर्ष कैद सजाय माग गरिएको छ भने उनका म्यानेजर रहेका कृष्ण जोशीमाथि शाहको भन्दा आधा कैद सजायको माग गरेर मुद्धा दर्ता गरेको न्यायाधिवक्ता शर्माले बताए।
नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए।
प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार