२०८३ भाद्र ११ गते बिहिवार

पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौँ,फागुन २६ । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण सफल भएको छ।

बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरिएको हो।

पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दान दिएका हुन्। प्रत्यारोपणपछि अहिले पल्पसालाई चिकित्सकीय निगरानीमा राखिएको छ।

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसाको पाँच वर्षअघि देखि मिर्गौलामा समस्या देखिएको थियो।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *