२ माघ । नेपाली चलचित्र ‘बुलबुल’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका स्वस्तिमा खड्का ट्याम्पु चालकको भूमिकामा देखिएकी छिन ।
चलचित्रमा नायिका स्वस्तिमा खड्का र नवनायक मुकुन भुषालको मुख्य भूमिकामा रहेको छ भने यस चलचित्रलाई बिनोद पौडेल निर्देशिन गरेका छन । चलचित्रमा स्वस्तिमा खडका, नवनायक मुकुन भुषालसँगै बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे लगायतकको अभिनय रहेको छ ।
चलचित्रमा कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने चलचित्र बुलबुल फागुन ३ गते देखि देशभर सार्वजनिक हुँदैछ ।
प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार