काठमाण्डौ,भदौ १७ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । नर्भिक अस्पतालमा उपचार भइरहेको अवस्थामै निशाको बुधवार बेलुका निधन भएको हो ।
दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो ।
नर्भिक अस्पतालले नै उनको निःशुल्क उपचारको जिम्मा लिएको थियो । अस्पतालले हिजो विज्ञप्ति निकालेर उनको निधनप्रति दुःख व्यक्त गरेको हो ।
बुधवार बिहानदेखि उनको मिर्गौला र मुटुले काम गर्न छाडेपछि अवस्था झनै गम्भीर भएको थियो ।
कलाकार निशा घिमिरेले भोजपुरी फिल्म मधेसी पुत्र–२ सहित केही नेपाली सिरियल र म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।
प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार