२०८१ चैत्र १४ गते बिहिवार

प्रकाश सपूतको ‘मेरो पनि हैन र यो देश’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

लोकप्रिय ‘लोकदोहरी’ गायक प्रकाश सपुतको ‘मेरो पनि हैन र यो देश’ ट्रेनिङ नम्बर १ मा परेको छ । शुक्रबार प्रकाश सपुतले आफ्नै अफिसियल युटुबमार्फत सार्वजनिक गरेको गीत शनिबार राति नै युटुबको ट्रेनिङ नम्बर १ मा पुगि सकेको थियो ।

आइतवार करिब १ बजेसमम गीतलाई ९ लाख ९२ हजार पटक हेरिएको छ ।
‘हाम्लाई के नै सुख छर ‘सक्नेले गर‘नसक्ने मर‘तर‘मेरो पनि हैन र यो देश मेरो पनि होइन र’ थेगो रहेको गीतमा मुलुक भित्रको बिभिदता देखाइएको छ ।

गीतले देश भित्रै धनि र गरिब बीचको बिभेद तथा जातिय र क्षेत्रीय बिभेदको भाषा पनि बोलेको छ । गीत यति धेरै रुचाउनुमा यस्ले सबै भूगोल र जात जातिका कला संस्कृति तथा रहनसहनलाई कलात्मक ढंगले पस्कुनुलाई पनि मानिएको छ ।

बीर गोरखाली, मेरोपनि देश हैन र ? भन्ने जस्ता राष्ट्रिय भावना गीतमा उनिएका छन् । गीतका टुक्काहरुमा आम नागरिकका गुनासो समेटिएको स्वएं गायक सपुतले उल्लेख गरेका छन् ।
प्रकाश सपुतको शव्द, संगीतमा तयार पारिएको गीतमा देशको सांस्कृतिक विविधतालाई समेट्ने प्रयास गरिएको छ।

गीतको म्युजिक भिडियो निर्देशनसमेत सपुत आफैले गरेका छन् । बोलमाँया, गलवन्दी, बदला, बरिलै लगायतका चर्चित गीत पछि सपुतको यो नयाँ गीतले नयाँ रेकर्ड बनाएको छ ।

यो गीतले माया प्रेममामा नाममा देखाइन अर्धनग्न र उत्ताउला भेषभुषा र दृष्यले समेटेर मात्रै चल्दैन भन्ने कुराको प्रष्ट्याएको छ ।

तथ्य र सत्यमा आधारित गीतहरुले बजार तताउनुलाई समाजको चेतानास्तर संग जोड्न सकिन्छ । भड्किला र चड्किला गीतहरु क्षणिक आनन्दका लागि मात्रै हुने भएपनि यस्ता गीतहरुले देश, समाज र परिवेशको आवाज बोल्ने गर्छन । त्यसैले प्रकाश सपुतका सत्यताको जगमा लेखिएका र निर्माण गरिएका गीतहरु धेरैले रुचाउन थालेका हुन ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *