२०८१ बैशाख ७ गते शुक्रवार

ट्रेन्डिङ्ग गायक समिर,दुनियाँ बेग्लै छ, देखि झम्के मायासम्म

तुलसीपुर, माघ १७ । गीत वजारमा आउनुले खासै महत्व राख्दैन समिर आचार्यका लागि । महत्व राख्नका लागि वजार तताउनु पर्दछ । ओठ ओठमा झुण्डिनु पर्दछ । गीतको मादकताले शरीरमा काँडा उम्रनु पर्दछ । सबैको मुखबाट वाह निस्कनु पर्दछ । गायकले यो मेरो गीत हो भनेर प्रचार गर्ने होइन आफै स्रोता दर्शकले नोटिस गर्नुपर्दछ ।

संगीतप्रतिको बलियो लगावका कारण उनले विद्यार्थीकालमा साथीभाईको सहयोगमा केही काम पनि गरे । सबैका प्रशंसा पनि बटुले तर त्यो दायरा दाङ्गको उपत्यकामा मात्रै रह्यो ।

उनी दाङ्ग मै रमाइरहे ।संगीत सिकाईको समयमा समिरले तरज र बडा गज्जवको दुई एल्बम पनि निकाले । त्यसले गायकको पहिचान दियो , लोकप्रियता दिन सकेन । एल्वम निकाल्ने युग सकिएर युट्युबमा गीत निकाल्ने युग सुरु भयो । अनि समीरको ट्रेन्डिङ्ग यात्रा पनि सुरु भयो ।

उनले २०१६ मा निकालेको दुनियाँ बेग्लै छ ले उनको साँगितिक यात्रालाई विश्वभर फराकिलो वनायो । ‘मलाई विश्व घुमाउने यही गीत हो’ समिरले भने । गीतले बजार टेकेको ४ वर्षमा १ करोड भ्युज वटुलिसकेको छ ।

दुनियाँ बेग्लै छ को चर्चाले उनको सांगितिक यात्रामा चुनौति थपियो र त्यही चुनौतिलाई थेग्न उनले चट्ट सलाम छ , पिच गर्दिन्छु रोड, घाममा सुकाइदेउँ, ठुम्मा, सानोमा सानो माछी खेल्यो,घाँघरा चोली जस्ता एक एक हिट नम्वरहरु वजारमा ल्याए ।

उनका सबै गीतहरुले ट्रेन्डिङ्गमा उक्लिएर धेरै भ्युज समेत वटुले । एकनारायण भण्डारीको शब्द र आशिष अविरलको शब्द रहेको भर्खरै बजारमा आएको झम्के माया रिलिजको दोस्रो टे«न्डिङ्गबाट अगाडी लम्किरहेको छ । युट्युव अपलोडको ६ दिनमै १२ लाख वढिले यो गीत हेरिसकेका छन् ।

संगीतको तिर्खा मेट्न दाङ्गबाट काठमाडौ र काठमाडौबाट अहिले उनी अष्टे«लियामा छन् । घरमा स्टुडियो वनाएका छन् । त्यही गीत रेकर्ड गर्छन अनि नेपाल पठाउँछन् । गीत तयार हुनै लाग्दा विभिन्न कम्पनीहरुले तानातान गरिरहेका हुन्छन् ।

‘गीत राम्रो भयो भने कम्पनीको चिन्तै हुँदैन । ’ उनले भने । समिर अहिले केही चलचित्रको गायनमा समेत व्यस्त छन् । झम्के मायाको चर्चाले पुलकित भएका समिरले आसामी शैलीको गीत वजारमा आउने तयारीमा रहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *